समाचारआइतबार, आषाढ १२, २०७३
मंसीरमा स्थानीय निर्वाचनः उपप्रम थापा
उपप्रधान एवम् स्थानीय विकासमन्त्री कमल थालाले दलहरुको सहमतिमा आगामी मंसीरभित्र स्थानीय निकायको निर्वाचन हुने बताएका छन् ।
स्थानीय निकायसँग आबद्ध मोरङका सरकारी कार्यालयको समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले आयोगले भदौमा आफ्नो प्रतिवेदन पेस गरेपछि निर्वाचनको मिति तोकिने बताए।
उनले नयाँ जनप्रतिनिधिलाई सक्षम र सुदृढ स्थानीय निकाय हस्तान्तरणका लागि सहयोग पु¥याउन कर्मचारीलाई आग्रह गरे ।
सरकारले विकास निमार्णका लागि स्थानीय निकायमा पठाएको रकम पारदर्शी नभएको भन्दै उनले जनतालाई प्रत्यक्ष फाइदा पुग्ने गरी विकास निमार्णमा खर्च गर्न निर्देशन दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
