समाचारआइतबार, आषाढ १२, २०७३
‘जनहितका लागि अख्तियार प्रमुखलाई महाअभियोग लगाउनुपर्छ’
त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डा. गोविन्द केसीले अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने लगायतका चार बुँदे माग राखेर आन्दोलन घोषणा गरेका छन् ।
२६ असारसम्म आफूले राखेका माग पुरा नभए उनी आठौँ पटक अनशन बस्ने घोषणा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलनमार्फत गरेका हुन् ।
अख्तियार प्रमुखलाई महाअभियोग लगाउने ठूलो कुरा नभएको बताउँदै उनले भने, “राजनीतिक नेतृत्वले चाहने हो भने दुई÷तिन दिनभित्र महाभियोग लगाउन सकिन्छ । मैले त दुई हप्ताको समय दिएको छु ।”
उनले पार्टीका विभिन्न नेतालाई जनताको हितका लागि लड्न भन्दै महाअभियोग लगाउन आग्रह गरेका छन् । उनले तीन वर्ष अघि पाँचौ पटकको अनशनमा रहँदा अख्तियार प्रमुखलाई पदच्युत गर्नुपर्ने माग राखेको बताए । उनले थपे, “तीन वर्ष अघिदेखि भन्दा पनि सुधार हुन सकेन । बरु अख्तियार भष्ट्राचारमा लिप्त भयो ।”
आफ्नो दायित्व पुरा नगर्ने र व्यक्तिगत इष्ट्रेस्ट राखेर काम कारवाही अघि बढाएको अख्तियार नै भ्रटाचार दुरुपयोगमा लिप्त भएको उनी बताउँछन् ।
अख्तियारले विश्व विद्यालयको काममा हस्तक्षेप गर्नु जायज नभएको बताउँदै उनले भने, “आफै जाँच लिनु हस्तक्षेपको चरम पराकाष्टा हो ।”
“राजनीतिक नेतृत्वको भ्रष्ट, अपराधिक मानसिकता र अख्तियारको चरम भ्रष्टाचारमा लिप्त हुँदा चिकित्सा शिक्षा विकृती मौलायो । यस पटक अदालतबाट सुधारका लागि सहयोग पाएपनि अख्तियार र राजनीतिक नेतृत्वले त्यसो गरेनन्”, डा.केसीले भने ।
निकै आक्रोसित मुद्रामा डा. केसीले भने, “जनताको स्वास्थ्य र विद्यार्थीले पढ्न पाउने अधिकारीमा कुनै पनि हालतमा खेलवाड हुन दिइदैन ।”
चिकित्सा शिक्षा सुधारका लागि भन्दै बिगतमा सात पटकसम्म विरोधका कार्यक्रम गर्दै आएका उनले यसपटक चिकित्सा शिक्षा नीति कार्यान्वयन गर्नुपर्ने र मेडिकल शिक्षामा अख्तियारको अनुचित हस्तक्षेप रोकिनु पर्ने मुख्य माग राखेका छन् ।
याे पनि बढ्नुहाेस्ः ‘गोविन्द केसीलाई मानसिक उपचार गर्न’ अख्तियारको आग्रह (विज्ञप्तीसहित)
गोविन्द केसीः बेथितिबिरुद्ध जेहाद
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
