Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
‘गोविन्द केसीलाई मानसिक उपचार गर्न’ अख्तियारको आग्रह (विज्ञप्तीसहित) - Himalkhabar.com

समाचारआइतबार, आषाढ १२, २०७३

‘गोविन्द केसीलाई मानसिक उपचार गर्न’ अख्तियारको आग्रह (विज्ञप्तीसहित)

हिमालखबर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा. गोविन्द केसीलाई मानसिक उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।

अख्तियार प्रमुख लोकमासिंह कार्कीले व्यापारिक स्वार्थमा मेडिकल शिक्षा धरासायी बनाइरहेको भन्दै उनलाई महाअभियोग लगाउन माग गरिरहेका केसीलाई अख्तियारले ‘भ्रष्टहरूको माखेसाङ्गलोमा जेलिएर भ्रष्टचारीको प्रायोजित अभियन्ता बनेको’ समेत आरोप लगाएको छ ।

अख्तियार प्रवक्ता कृष्णहरी पुस्करले आज, १२ असारमा विज्ञप्ती जारी गर्दै बारम्बार आफ्नो न्यूनतम आचरण र जिम्मेवारीको दायराबाट बिमुख भएको भन्दै ‘डा. केसीको मानसिक उपचारको शीघ्रातीशीघ्र उचित व्यवस्था गर्न’ सरकारलाई अनुरोध गरेका हुन् ।

डा. केसीलाई मेडिकल माफीयाहरुसँग सानिध्यतामा रहेको आरोप लगाउँदै अख्तियारको विज्ञप्तीमा भनिएको छ, ‘संगठित अपराधी र भ्रष्टहरूसँग उहाँ (केसी) को साँठगाँठ आयोगको दृष्टिबाट ओझेलमा छैन ।

भ्रष्टाचार, अनाचार एवं सबैखाले बिसंगति विरुद्धको महाअभियानमा क्रियाशील आयोगका माननीय प्रमुख आयुक्त र आयुक्तहरुप्रति लक्षित डा. केसीको माग छुद्रता, अराजकता र अस्वस्थ मानसिकताको द्योतक हो भन्ने आयोगको ठम्याई छ ।’

‘अख्तियार प्रमुख वा अन्य पदाधिकारीले आफ्नो र आफन्तको निहित स्वार्थका लागि चिकित्सा क्षेत्रमा भर्ना गरेको, स्वास्थ्य तथा चिकित्सा क्षेत्रको सुधारको प्रक्रिया अबरुद्ध तुल्याएको, भ्रष्टहरुलाई संरक्षण दिएको र कुनै पदाधिकारी बिशेषलाई सौदाबाजीमार्फत राजीनामा दिन वाध्य तुल्याएको’ भन्ने डा. केसीका आरोपलाई अखितयारले तुच्छ अभियोग भन्दै त्यसको तथ्यगत पुष्टीका गर्न डा. केसीलाई चुनौती दिएको छ । डा. केसीले विगतका आन्दोलनमार्फत ‘स्वास्थ्य क्षेत्रलाई नै बन्धक बनाउँदै विनाश र अबनतिको दिशातर्फ प्रवाहित गरेको’ अख्तियारको आरोप छ ।

अख्तियार प्रमुख कार्कीले परिवारको व्यापारिक स्वार्थका लागि मेडिकल शिक्षा धरासायी बनाइरहेकाले उनलाई महाअभियोग लगाउन माग गर्दै डा. केसीले आगामी २६ असारबाट अनसन बस्ने घोषणा गरेका छन् ।

आजै, १२ असारमा पत्रकार सम्मेलन गरी डा. केसीले अख्तियार प्रमुख विरुद्धको आफ्नो अनसनको जानकारी गराएपछि अख्तियारले विज्ञप्ती जारी गरेको हो ।

हेर्नुहाेस् विज्ञप्ती

a1

a2

a3

याे पनि पढ्नुहाेस्ः ‘जनहितका लागि अख्तियार प्रमुखलाई महाअभियोग लगाउनुपर्छ’

अपरेसन बेथिति

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>