अर्थ/बजारसोमबार, आषाढ १३, २०७३
सेञ्चुरी बैंकसँग इन्नोभेटिभ डेभलपमेन्ट बैंक गाभिने
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र इन्नोभेटिभ डेभलपमेन्ट बैंक लिमिटेड गाभिने भएका छन् ।
त्यसका लागि दुई कम्पनीबीच एमओयुमा हस्ताक्षर भएको छ । इन्नोभेटिभ डेभलपमेन्ट बैंक पुसमसान्त २०७३ भित्र सेञ्चुरी बैँकसँग ‘मर्ज’ हुनेगरी एकीकृत कारोबार शुरु गर्ने भएको छ ।
आ.व. २०७२÷७३ को चैत्रमसान्तसम्म सेञ्चुरी बैेंकको कुल पूँजी रु. दुई दशमलव ८४ अर्ब रहेकोमा थप ८५ करोडको हकप्रद जारी गर्न धितोपत्र बोर्डमा निवेदन दर्ता समेत गरेको छ । यसैगरी, बैंकको कुल निक्षेप रु.२६ दशमलव ०१ अर्ब र कर्जा रु. २२ दशमलव ८३ अर्ब परिचालन गरी रु. ३४ दशमलव ५० करोड मुनाफा आर्जन गरेको छ ।
यस्तै, इन्नोभेटिभ डेभलपमेन्ट बैंकले आ.व. २०७२÷७३ को चैत्र मसान्तसम्ममा कुल पूँजी रु. २९ दशमलव ०५ करोड, कुल निक्षेप रु.दुई दशमलव १९ र कर्जा रकम रु. एक दशमलव ७५ अर्व परिचालन गरेकोमा रु. पाँच दशमलव २० करोड सञ्चालन मुनाफा आर्जन गरेको जनाएको छ ।