समाचारसोमबार, आषाढ १३, २०७३
कांग्रेसद्वारा संसद् अवरोध जारी
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भूकम्पपीडितलाई सरकारबाट एकमुष्ट रु.दुई लाख अनुदान दिने प्रतिबद्धता नआएको भन्दै आजपनि व्यवस्थापिका–संसद्को बैठक अबरुद्ध गरेको छ ।
सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाए । त्यसलगत्तै, सभामुखले कांग्रेसका सांसद रामशरण महतलाई बोल्न समय दिइन् ।
नेता महतले सरकारले आफ्नो पार्टीले भूकम्पपीडितलाई आवास निर्माणका लागि एकमुष्ट रुपमा रु.दुई लाख अनुदान उपलब्ध गराउन राखेको मागलाई बेवास्ता गरिएकाले बाध्य भएर बैठक अवरुद्ध गर्नुपर्ने परिस्थिति सिर्जना भएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>