समाचारसोमबार, आषाढ १३, २०७३
चुनावी तयारी बुझ्न प्रधानमन्त्री ओली निर्वाचन आयोग पुगे
प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचनको तयारीबारे बुझ्न निर्वाचन आयोगको कार्यालय पुगेका छन् ।
गृहमन्त्री शक्तिबहादुर बस्नेत, कानूनमन्त्री अग्नी खरेल, मूख्यसचिव सोमलाल सुवेदीसहित प्रधानमन्त्री ओली आयोगको कार्यालय पुगेका थिए । उनले डेढ बर्षभित्र तीन वटै चुनाव सम्पन्न गर्नेगरी तयारी अघि बढाउन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीले भने, “सरकारले आगामी निर्वाचनहरुका लागि आवश्यक पर्ने कानुनी, प्रशासनिक, प्राविधिक तथा अन्य आवश्यक सबै सहयोग निर्वाचन आयोगलाई प्रदान गर्छ ।”
सरकारले आगामी मंसीरमा स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेको छ तर, मिति घोषणा भएको छैन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>