समाचारसोमबार, आषाढ १३, २०७३
मधेशको समस्या नटुंगिएसम्म संविधान कार्यान्वयन तालिका अघि बढ्दैनः दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मधेशको समस्या समाधान नगरी संविधान कार्यान्वयन तालिका अघि नबढ्ने बताएका छन् ।
कार्यकर्ता भेटघाटका लागि जनकपुर पुगेका दाहालले भने, “मधेशको समस्या र कांग्रेसको विश्वास लिएर मात्रै चुनावको बातावरण बन्छ ।” उनले सरकारले मधेशको समस्यालाई हल्का ढंगले लिए कमजोरी हुने बताए ।
दाहालले नेकपा एमाले स्थायी कमिटी बैठकले सहमतीय सरकारका लागि जोड दिएर सकारात्मक बातावरण निर्माण गरेको बताए । उनले भर्खरै एकता भएको माओवादी केन्द्रको महाधिवेशन आगामी मंसीरमा हुने बताए ।
-ईश्वरचन्द्र झा, जनकपुर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>