समाचारसोमबार, आषाढ १३, २०७३

अवरुद्ध संसद् खुलाउन चार दलीय कार्यदल

हिमालखबर

IMG_0889प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले लगातार अवरुद्ध गर्दै आएको व्यवस्थापिका–संसद् बैठक सञ्चालन गर्न चार दलीय कार्यदल गठन भएको छ ।

सत्तारुढ र कांग्रेसका शीर्ष नेताहरु सम्मिलित बैठकले कार्यदल गठन गरेको हो ।

कार्यदलमा नेकपा एमालेबाट भीम रावल र सुबास नेम्वाङ, एमाओवादीबाट कृष्णबहादुर मोहरा र राप्रपा नेपालबाट दिलनाथ गिरी सदस्य छन् भने प्रतिपक्ष कांग्रेसबाट चीनकाजी श्रेष्ठ, प्रकाशशरण महत र कृष्णप्रसाद सिटौला छन् ।

भूकम्प पीडितलाई एकमुष्ठ दुई लाख दिनुपर्ने मागसहित कांग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>