समाचारसोमबार, आषाढ १३, २०७३

संवैधानिक दायराभित्र बस्न अख्तियार प्रमुखलाई युवा संघको आग्रह

हिमालखबर

युवा संघ नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई संवैधानिक दायराभित्र बस्न आग्रह गरेको छ ।

युवा संघले विज्ञप्ती जारी गर्दै संविधानको सीमा र मर्यादाभित्र रहन आग्रह गरेको छ । विज्ञप्तीमा भनिएको छ, ‘कोही भ्रष्टाचारी भए कानूनअनुसार कार्बाही गराउँने उहाँलाई पूरै बाटो खुल्ला छ र यस अभियानमा आम जनताको साथ पनि रहनेछ ।’

अख्तियारले डा.केसीविरुद्ध जारी गरेको विज्ञप्तीप्रति ध्यानाकर्षण जनाउँदै युवा संघले लोकतन्त्र, विधिको शान र कानूनको सर्वाेच्चतामा आफ्नो झण्डा नझुकाउने चेतावनी समेत दिएको छ । युवा संघले अख्तियारलाई विज्ञप्ती सच्याउन समेत माग गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>