थप समाचारमंगलबार, आषाढ १४, २०७३
पेट्रोलियम पदार्थको मूल्य नेपालमा सस्तो भएपछि भारततिर तस्करी
नेपालमा पेट्रोलियम पदार्थको मूल्य भारतमा भन्दा सस्तो भएपछि भारततिर तस्करी हुन थालेको छ ।
पर्साको ग्रामिण क्षेत्र भिस्वा, धोरे, आस्वारी, मिर्जापुर, जानकी टोला, पाँडेपुर, महादेवपट्टि, सुवर्णपुरलगायतबाट तस्करहरुले भरिया लगाएर, ट्याक्टर तथा पिकअप भ्यानमार्फत् पेट्रोल र डिजेल भारततिर निकासी गरिरहेका छन् । तस्करहरुले वीरगन्ज तथा गाउँ क्षेत्रबाट पेट्रोल र डिजेल खरिद गरेर सीमा कटाउने गरेका छन् ।
नेपालमा प्रतिलिटर डिजेल रु. ७४ र पेट्रोल रु. ९४ मा पाइने तर सीमापारी डिजेल रु.९४.४० र पेट्रोल रु.१२४ मा विक्री भइरहेकाले तस्करी बढेको हो । प्रतिलिटर रु.२० फाइदा हुनेभएपछि रातारात तस्करी गर्नेहरुको समूह नै बन्न थालेको छ ।
पर्साका प्रहरी नायव उपरिक्षक होविन्द्र बोगटीका अनुसार तस्करीहरुलाई सुराकीको आधारमा नियन्त्रणमा लिइदै आइएको छ ।
-सुरेश बिडारी, वीरगन्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
