समाचारमंगलबार, आषाढ १४, २०७३
सहमति जुटाउन कार्यदल असफल, शीर्ष तहमा छलफल हुने
अवरुद्ध व्यवस्थापिका–संसद् बैठक खुलाउन गठीत कार्यदलमा सहमति जुट्न नसकेपछि शीर्ष तहमा छलफल हुने भएको छ ।
विहान बसेको कार्यदल बैठकमा भूकम्प पीडितलाई एकमुष्ठ दुई लाख दिनुपर्ने अडानबाट पछि नहटेपछि सहमति जुट्न नसकेको हो । नेपाली कांग्रेसका मूख्यसचेतक एवम् कार्यदल सदस्य चीनकाजी श्रेष्ठका अनुसार दुवै पक्ष अडानबाट पछि नहट्दा सहमति जुट्न सकेन ।
कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्ष तहमै छलफल हुने भएको छ । भूकम्प पीडितलाई एकमुष्ठ दुई लाख दिनुपर्ने मागसहित प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले लगातार संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।
कार्यदललमा नेकपा एमालेका भीम रावल र सुवास नेम्वाङ, नेकपा माओवादी केन्द्रका कृष्णबहादुर मोहरा र राप्रपा नेपालबाट दिलनाथ गिरी सदस्य थिए भने कांग्रेसबाट चीनकाजी श्रेष्ठ, प्रकाशशरण महत र कृष्णप्रसाद सिटौला सदस्य थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>