समाचारमंगलबार, आषाढ १४, २०७३
जननेता मदन भण्डारी देशभक्त नायकः प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदन भण्डारी अग्रगामी विकासमुखी देशभक्त नायक भएको बताएका छन् ।
मदन भण्डारी मेमोरियल कलेजको १५औं वार्षिकोत्सव आयोजित कार्यक्रममा उनले जननेता भण्डारी सामाजिक न्यायको चिन्तन राख्ने देशभक्त नायक भएको बताए ।
प्रधानमन्त्री ओलीले भने, “मदन भण्डारी बहुआयामिक व्यक्तित्व, वैज्ञानिक र व्यावहारिक, फराकिलो चिन्तन भएको नेता हो, देशको विकासको चिन्ता गर्ने देशभक्त नेता हो ।”
शिक्षा नीति र प्रणालीमा रहेका कमजोरीले नयाँपिँढीको क्षमतालाई उजागर गर्नेगरी वातावरण दिन नसकेको भन्दै उनले त्यस्तोखालको शिक्षा नीति ल्याउनेतर्फ सरकार अघि बढिरहेको उल्लेख गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
