समाचारमंगलबार, आषाढ १४, २०७३
‘संसद् खुलाउन गठित कार्यदल सहमति नजिक’
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले राखेको मागबारे छलफल गर्न गठित कार्यदल सहमति नजिक पुगेको नेताहरुले बताएका छन् ।
विहान बसेको कार्यदल बैठकले अन्तिम टुंगो नलगाएपनि सहमति नजिक पुगेको र शीर्ष नेताहरुसँग बसेर सहमति जुटाइने कार्यदल सदस्य भीम रावलले बताए ।
पाँच दिनदेखि कांग्रेसले भूकम्प पीडितलाई एकमुष्ठ दुई लाख दिनुपर्ने मागसहित संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।
…………………………………………………….
व्यवस्थापिका–संसद्को बैठक साँझ ५ बजेका लागि स्थगित गरिएको छ ।
दिउँसो ३ः३० बजे बैठक बोलाइएपनि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग सहमति जुट्न नसकेपछि बैठक स्थगित गरिएको हो । कांग्रेसले भूकम्पपीडितलाई एकमुष्ट दुई लाख नदिएसम्म बैठक सञ्चालन हुन नदिने जनाउँदै आएको छ ।
संसद् बैठक खुलाउनेबारे सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका प्रमुख नेता सम्मिलित कार्यदल गठन भएपनि सहमति जुटाउन सकेको छैन ।