समाचारमंगलबार, आषाढ १४, २०७३
दाहाललाई भेट्न अष्ट्रेलियाली राजदूत लाजिम्पाट पुगे
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न नेपालका लागि अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइट लाजिम्पाट पुगेका छन् ।
भेटमा अष्ट्रेलियाली राजदूतले अष्ट्रेलिया भ्रमण स्थगनबारे चासो राख्दै सञ्चारमाध्यममा आएजस्तो स्थिति नरहेको बताए । उनले दाहाललाई भने, “नियमित रुपमा सरकार, प्रहरी प्रशासन र महान्यायाधिवक्ताको सम्पर्कमा छु र त्यस क्रममा कुनै समस्या रहेको पाएको छैन ।”
दाहालले भने मुलुकको राजनीतिक अवस्था र पार्टी कामकै कारण तत्काल अष्ट्रेलिया भ्रमणमा जान नसकेको जवाफ दिएका थिए । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
