थप समाचारबुधबार, आषाढ १५, २०७३

ट्याङ्करले किच्दा एकको मृत्यु

हिमालखबर

धादिङको थाक्रेमा ट्याङ्करले किच्दा हरिबहादुर भुजेलको (५७) मृत्यु भएको छ ।

१५ असार विहान सडक छेउमा शौचालय गर्न बसेका भुजेललाई हेटौडाबाट डिजेल बोकेर काठमाण्डौ जाँदै गरेको ना ३ ख ३१२७ नम्बरको ट्याङ्करले किचेको हो । ट्याङ्करको पट्टा भाँचिएर अनियन्त्रित हुँदा दुर्घटना भएको खानीखोला प्रहरीले जनाएको छ ।

दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका छन् । ट्याङ्करलाई प्रहरीले नियन्त्रणमा लिएपनि चालक फरार छन् ।

–सुरजकुमार भुजेल, मकवानपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>