समाचारबुधबार, आषाढ १५, २०७३
संसद् बैठक स्थगित
दलहरुबीच सहमति जुट्न नसकेपछि व्यवस्थापिका–संसद् बैठक दिउँसो २ बजेका लागि स्थगित गरिएको छ ।
पटक–पटक सूचना टाँसेर स्थगित हुँदै आएको बैठक विहान ११ बजे बोलाइएको थियो । तर, चार दलीय कार्यदल कुनै निष्कर्षमा पुग्न नसकेपछि बैठक फेरि स्थगित गरिएको सभामुख ओनसरी घर्तीमगरले बताइन् ।
उनका अनुसार दलहरुले सहमति जुट्नै लागेकालेस्थगित गर्न अनुरोध गरेपछि बैठक २ बजेका लागि स्थगित गरिएको छ ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले भूकम्प पीडित परिवारलाई एक मुष्ठ दुई लाख दिनुपर्ने मागसहित संसद् अवरोध गर्दै आएपछि कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा नेपालका प्रतिनिधि सम्मिलित कार्यदल गठन भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
