समाचारबुधबार, आषाढ १५, २०७३
टर्कीको अन्तर्राष्ट्रिय विमानस्थलमा आत्मघाती हमलामा परी ३६ को मृत्यु, १४० बढी घाइते
टर्कीको इस्तानबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आत्मघाती बन्दूक र बम हमलामा परी ३६ जनाको मृत्यु र १४० बढी घाइते भएका छन् ।
यूरोपकै व्यस्त मध्ये पर्ने यो विमानस्थलमा ३ जना आक्रमणकारी संलग्न रहेको बीबीसीले जनाएको छ । ती आक्रमणकारीले विमानस्थलको प्रवेशविन्दूदेखि टर्मिनलसम्म गोली चलाएका थिए ।
योजनाबद्ध रुपमा आक्रमण भएको अनुमान गरिएको उक्त हमलामा सुरक्षाकर्मीले जवाफी फायरिङ शुरु गरेपछि आक्रमणकारीले आफूलाई विस्फोट गराएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
