समाचारबुधबार, आषाढ १५, २०७३
दलहरुबीच चार बुँदे सहमतिपछि संसद् खुल्याे
सत्तारुढ दल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीच चार बुँदे सहमति भएपछि व्यवस्थापिका–संसद् खुल्ने भएको छ ।
आज बसेको बैठकले भूकम्प पीडितले पहिलो किस्तामा डेढ लाख पाउनेसहित चार बुँदे सहमति गरेकाे कार्यदल सदस्य एवम् नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले बताए । श्रेष्ठका अनुसार मापदण्ड अनुसार पहिले नै घर बनाइसकेका भूकम्प पीडितलाई समेत सरकारले यो रकम उपलब्ध गराउने भएको छ ।
यस्तै, पहिले छुटेका पीडितहरुलाई समेत राहत उपलब्ध गराइने भएको छ । यसका लागि छानविन समिति गठन गरी वास्तविक भूकम्प पीडित निक्र्याैल गरिने श्रेष्ठले बताए । “नपाउनुपर्नेले लिन लागेका छन् भने उनीहरुलाई दिइदैन, तर वास्तविक पीडित जसको नाम छुटेको भए उनीहरुलाई समेट्न छानविन समिति बन्छ”, श्रेष्ठले भने ।
उनले साउनभित्र बजेट निकासा हुने र भदौ पहिलो साताभित्रै भूकम्प पीडितले एक मुष्ठ डेढ लाख पाउने बताए ।
दलहरुबीच सहमति भएपछि आजै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् बैठकमा सम्बोधन गर्दैछन् । कांग्रेसले भूकम्प पीडितलाई एक मुष्ठ दुई लाख उपलब्ध गराउनुपर्ने माग राख्दै संसद् अवरुद्ध गर्दै आएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
