समाचारबुधबार, आषाढ १५, २०७३
प्रधानमन्त्री ओलीद्वारा संसद्लाई सम्बोधन
दलहरुबीच सहमति कायम भएपछि प्रधानमन्त्री केपी शर्मा ओली व्यवस्थापिका–संसद् बैठकलाई सम्बोधन गरेका छन् ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले भूकम्प पीडितलाई एकमुष्ठ दुई लाख दिनुपर्ने मागसहित संसद् बैठक अवराेध गर्दै अाएकाेमा सत्ता पक्षसँग चार बुँदे सहमतिसँगै बैठक सञ्चालनमा अाएकाे हाे ।
बैठक सम्बाेधन गर्दै प्रधानमन्त्री अाेलीले प्रतिपक्ष र दातृ निकायसँग सहमति भएमा भूकम्प पीडितलाई एकमुष्ठ रकम दिने बताए । उनले भने, “सरकार किस्ताबन्दीमा हाेइन एकैमुष्ठमा रकम उपलब्ध गराउने पक्षमा छ, तर दातृ निकायसँग सहमति गर्नुपर्नेछ ।”
यसअघि चार बुँदे सहमति गरेकाे कांग्रेसले प्रधानमन्त्रीकाे भाषा नबुझिएकाे भन्दै बीचैमा अवराेध गरेका थिए । त्यसपछि सम्बाेधन थालेका प्रधानमन्त्रीले सहमतिमै सरकार अघि बढ्ने बताए । उनले भने, “कानूनी भाषामा मात्रै प्रतिपक्ष हाे, सँगै मिलेर राष्ट्र बनाउँने हाे । सरकार सहमतिमै अघि बढ्छ ।”
प्रधानमन्त्री अाेलीले संसद् बैठकमा सम्बाेधन गर्नुअघि भूकम्प पीडितलाई एक मुष्ठ डेढ लाख र किस्ताबन्दीमा ५० हजार दिनेगरी सहमति भएकाे छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
