थप समाचारबुधबार, आषाढ १५, २०७३

उत्कृष्ट २६ उमावि

हिमालखबर

एसएलसी परीक्षाको मूल्यांकन अक्षरांकन पद्धतिबाट गरिएपछि ८२ प्रतिशतभन्दा बढी विद्यार्थी कक्षा ११ को प्रवेश परीक्षा दिन योग्य भए। शिक्षा ऐन २०२८ को आठौं संशोधनले ९–१२ कक्षालाई माध्यमिक शिक्षाको स्वरुप प्रदान गरेको छ। नयाँ व्यवस्थाले विद्यार्थी र अभिभावकमा धेरै अवसर र केही अन्योल सिर्जना गरेको देखिन्छ।

विश्वविद्यालय प्रवेशको आधार कक्षा ११ र १२ नै हो। विश्वविद्यालय शिक्षाको जग भएकाले विद्यार्थी र अभिभावक एसएलसीपछिको पढाइ राम्रो विद्यालय (उमावि) मा गर्न चाहन्छन्।

राम्रो शैक्षिक संस्था कस्तो हुनुपर्छ भन्नेमा भने शिक्षाविद्हरूबीच मतैक्यता छैन। प्रतिबद्ध सञ्चालक, न्यूनतम भौतिक पूर्वाधार, अनुभवी शिक्षक, संस्थाको छवि, विद्यार्थीको हेरविचार, सहज पहुँच, वैज्ञानिक शिक्षण पद्धति, विगतका नतीजालगायतलाई राम्रो कलेज वा विद्यालयको विशेषताको रूपमा लिने गरिन्छ। देशभरिका ३ हजार ६६९ उमाविबाट उत्कृष्ट उमावि छान्ने योभन्दा विवादरहित र अर्को वैज्ञानिक पद्धति पनि हामीकहाँ छैन।

एक दशकबाट देशभरका उमाविमध्येबाट उत्कृष्ट उमावि छनोट गर्दै आएको हिमाल साप्ताहिकले कक्षा १२ को अन्तिम परीक्षाको उत्तीर्ण प्रतिशतलाई आधार मानेर सूची तयार पारेको छ।

वास्तवमा यो कक्षा १२ को अन्तिम परीक्षामा ३० वा सोभन्दा बढी विद्यार्थी सहभागी गराएर लगातार पाँच वर्ष नियमिततर्फ ८० प्रतिशतभन्दा बढी नतीजा ल्याएका उमाविहरूको सूची हो। यस वर्ष शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएको देशभरका २२ मध्ये जम्मा तीन वटा उमाविले मात्र ३० भन्दा बढी विद्यार्थी पढाएका छन्। र यिनै मध्येका तीन वटाले त जम्मा एक–एक जना विद्यार्थी राखेर पढाएका थिए।

लगातार पाँच वर्ष ८० प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण गराए पनि विद्यार्थी संख्या ३० नपुगेका कारण बूढानीलकण्ठ उमावि यो सूचीमा परेन। गतवर्ष उत्कृष्टमा परेका बल्खुको काठमाडौं बनहार्ट, भक्तपुरको मोर्डन बोर्डिङ, दाङको गोरखा इन्टरनेसनल र काठमाडौंको हिमालयन इन्टरनेसनल उमाविको २०७२ मा ८० प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्णाङ्क भएकाले यसपटक सूचीबाट बाहिरिए।

तनहुँको नोट्र डेम उमावि, काठमाडौंका जेभियर एकेडेमी, रिलायन्स इन्टरनेसनल र सेन्ट जेभियर कलेज भने यस वर्ष उत्कृष्टमा पर्न सफल भएका छन् ।

Cover Top 26.indd

Cover Top 26.indd

Cover Top 26.indd

Cover Top 26.indd

Cover Top 26.indd

थप शिर्षकहरुः
प्लस टु शिक्षा: अवसर र अन्योल

ग्रेडिङले गडबडी
तयारी विनै लागूतयारी विनै लागूतयारी विनै लागू
उत्कृष्ट ६३

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>