Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अमेरिका र दुबईका कम्पनीले पेट्रोलियम पदार्थ खोज्ने - Himalkhabar.com

अर्थ/बजारआइतबार, मंसिर २४, २०६९

अमेरिका र दुबईका कम्पनीले पेट्रोलियम पदार्थ खोज्ने

रमेश कुमार

अमेरिकी कम्पनी बीबी च्याम्पियन र दुबईको इएबीजीले देशका तीन स्थानमा पेट्रोलियम सम्भावनाको अन्वेषण गर्ने भएका हुन् । यी कम्पनीले खानी तथा भूगर्भ विभागसँग सम्झौता गरेर अन्वेषणको काम शुरु गर्न लागेको विभागको पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख राजेन्द्रप्रसाद खनालले बताए ।

दुबै कम्पनीले कात्तिकबाट अन्वेषणको काम शुरु गर्ने प्रतिवद्दता जनाएपनि अझै काम भने शुरु भइसकेको छैन । “केही अप्ठ्यारा देखाएर अन्वेषणको काम शुरु गरेका छैनन्,” खनालले भने, “हामीले छिट्टै काम शुरु गर्न पत्र पठाइसकेका छौं ।” तर, काम शुरु गर्नका लागि उद्योगमन्त्री अनिल झाले कम्पनीहरुसँग कमिसन मागेकाले ढिलाई भएको बुझिएको छ । जनकपुर र राजविराज ब्लकमा इएबिजी र विराटनगर ब्लकमा बिबी च्याम्पियनले अन्वेषणका गर्ने तयारी गरेका हुन् । दुबै कम्पनीले विस्तृत कार्ययोजना तयार गरी बुझाइसकेको परियोजना प्रमुख खनालले बताए ।

विभागले पेट्रोलियम पदार्थको अन्वेषण गर्न सम्भाब्य क्षेत्रलाई १० वटा ब्लकमा विभाजन गरेको छ । त्यसमध्ये यसअघि नै बेलायती कम्पनी केर्यन इनर्जीले पाँच वटा ब्लकमा र अमेरिकी कम्पनी टेक्सानाले दुई वटा ब्लकमा अन्वेषण अनुमति लिएपनि काम गरेका छैनन् । केर्यन र टेक्साना दुबैले (फोर्स मेजर) काबुबाहिरको पस्थिति भन्दै अन्वेषणको काम नगरेको खनालले बताए । केर्यनले धनगढी, कर्णाली, लुम्विनी, वीरगन्ज र मलङ्गवा क्षेत्रमा तथा टेक्सानाले नेपालगन्ज र चितवन ब्लकमा अन्वेषण गर्न अनुमति लिएका थिए । यी अन्वेषणहरुले देशभित्र पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्याँस भण्डार छ कि छैन वा त्यसको उत्खनन्को सम्भावना छ कि छैन भन्ने निचोड निकाल्नेछ ।

देशका विभिन्न स्थानमा पेट्रोलियम पर्दाथको खानी रहेको पुष्टि गर्ने विभिन्न प्रमाणहरु देखिएपनि पेट्रोलियम अन्वेषणको क्षेत्रमा खासै उपलब्धि हासिल हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>