Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कहिले हुने महिला मान्छे ? - Himalkhabar.com

अन्तर्वार्ता/विचारबिहीबार, आषाढ १६, २०७३

कहिले हुने महिला मान्छे ?

हिमालखबर

आफैंद्वारा स्थापित पुरुषसत्ताको विकृतिविरुद्ध महिला मात्रले घर भत्काउनुपर्छ भन्नु एउटा कायर आग्रह सिवाय केही होइन ।

sima aabhas new“महिलाले प्रेमका कुरा मात्र लेखे भने पनि घरका भित्ताहरू हल्लिन्छन्”, माघ २०७२ मा पोखरामा आयोजित नेपाल लिटरेचर फेस्टिभलमा ‘नलेखिएका कथा’ शीर्षकको छलफलमा मैले भनेकी थिएँ ।

दर्शकदीर्घामा रहेका लेखक आहुतिजीले बडो जोड दिएर भने– घरका भित्ताहरू हल्लिने मात्र हैन महिला अधिकारका लागि सयौं घरहरू भत्किनुपर्छ । मैले त्यतिबेलै उनीसँग विमति जनाएँ र भनें– महिलालाई ‘घर भत्काऊ’ भनेर आदेश दिनेहरूले नै कुरीतिविरुद्ध लडे चाहिं के हुन्छ ? भन्न धेरै बाँकी थियो तर समयाभावका कारण कुरा टुङ्ग्याउनुपर्ने भयो ।

दुई साताजति अघि काठमाडौंको भृकुटीमण्डपमा आयोजित पुस्तक प्रदर्शनीमा उनै आहुतिजीले फेरि महिलालाई घर भत्काउन आह्वान गरेछन् । पढेर म पुनः झ्ञ्कृत भए ।

–सीमा अाभास

–सीमा अाभास

आहुतिजी एक्लो होइनन्, उनी जस्तै अधिकांश पुरुष लेखक र यदाकदा महिला अधिकारकर्मी समेत महिला लेखकहरूसँग यसै भन्छन्, “तपाईं ‘बोल्ड’ बन्नुस् । विद्रोह गर्नुस् । समाजसँग लड्नुस् ।” तर कहिल्यै भन्दैनन्, “अब हामी तपार्इंहरूमाथि नराम्रो गर्दैनौं । नराम्रो गर्नेसँग विद्रोह गर्छौं । हामी स्वयं समाजमा विद्यमान कुसंस्कार बदल्न लाग्छौं ।”

आजको समयमा पनि जब केही बौद्धिक पुरुष यस्ता कुरा ओकल्छन्, ती वास्तवमै ‘डेड फिक्सन’ हुन् । पौराणिक लेखनदेखि आधुनिक लेखनसम्म महिलालाई ‘फिक्सन’ को घेराबाट कहिल्यै उम्किन दिइएन । धर्म, विद्रोह, पूँजीवाद, संस्कार र आदर्श जस्ता नामहरूमा महिलाका अनेक रूप सिर्जना गरी समाजले महिलालाई नै बलि चढाइरहेको छ ।

विश्वव्यापीकरणको असर महिला आन्दोलनमा नपर्ने कुरै भएन । विश्वका कुनाकुनाबाट महिला अधिकारका सवाल जुरुक्कै उठेका छन् । खासगरी शक्तिशाली मुलुकहरूले बनाएका महिलाका अजेण्डा आईएनजीओ, एनजीओमार्फत मुद्दाका रूपमा अघि सार्ने गरिएको छ । कतिपय अवस्थामा जायज यस्ता मुद्दा कतिपय स्थितिमा भने विकृतिका स्रोत पनि बन्न सक्छन् ।

पुरुष बुद्धि र बिम्ब
महिलाप्रति हाम्रो समाज एकदमै अनुदार छ । पछिल्ला दिनहरूमा राज्य र समाज केही हदसम्म उदार देखिए पनि पुरातन मनोविज्ञानसँग टिकेर महिलाले काम गर्न सजिलो छैन ।

आम नेपालीका घर नियाल्नुस्, सके आफ्नै घरभित्र हेर्नोस्, समाजमा महिलाको जम्मा संसार भनेकै घरभित्रको सानो कुनो हुन्छ । त्यो पनि भत्काएर हिंड भनेपछि उसले कहाँ जाने ? कसरी बाँच्ने ? घर भत्किएसँगै चर्किने हृदय र मनोदशाबारे कसले सोचिदिने ? घर भत्काउने दर्शन छाँट्नेहरूसँग यसको उत्तर छ ? म भन्छु– छैन ।

आदिकालदेखि आजसम्म महिला कुनै न कुनै रूपमा पुरुष मर्यादा र पुरुष बुद्धिको शिकार भई नै रहेका छन् । सत्ययुगमा नारी देवी बनाइन् । त्रेता युगका रामलाई थाहा थियो, सीताको निष्ठा । तर, पनि अरूलाई विश्वास दिलाउन उनले कायरतापूर्वक सीतालाई आगोमा हाले र मर्यादा पुरुषोत्तम बने । तिनै रामको पूजा गर्छौं हामी ।

द्वापर युगमा एकातिर गान्धारी र अर्कोतिर द्रौपदी, अर्कोतिर कुन्ती जस्ता नारी पात्र जन्माएर महिला मनोविज्ञानमाथि नजानिंदो विरोधाभासको खेल खेलिन्छ । कलियुगमा महिलाका अनेक रूप निर्धारित छन् । चेतनशील महिला विद्रोहको ज्वालामा पिल्सिएका छन् । अर्कोथरी महिला सामाजिक जञ्जालबाट निस्कनै सकेका छैनन् ।

आधुनिक नेपाली साहित्यको उठान पनि यही धारमा बगेको छ । आदिकवि भानुभक्त आचार्यको बधू शिक्षाले नारीलाई सिकाएको आदर्श नारी संस्कार आजतक समाजमा दोहोरिरहेका छन् । बालकृष्ण समले समेत कविताको एउटा पंक्तिमा यसो भनेका छन् ।

देशभक्ति त मर्दैन चुत्थै देश भए पनि ।
पतिभक्ति त मर्दैन पापी पति भए पनि ।।

उनी भानुभक्तीय शैलीमा उभिएर महिलालाई आदर्शको भुंग्रोमा हिंडाउन चाहन्छन् । त्यो पारम्परिक सोच भत्काउँदै विश्वेश्वरप्रसाद कोइरालाले नेपाली साहित्यमा इन्द्रमाया जस्ती विद्रोही महिला जन्माए । त्यसपछि थुप्रै पुरुष दृष्टिकोणबाट प्रतिपादित महिला मनोविज्ञानमाथि टेकेर नाटक, उपन्यास, कथा, कविता लेखिए ।

महिलालाई मुख्य पात्र बनाएर लेखिएका माधवी, राधा, सेतो धरती जस्ता कृतिहरूले मदन पुरस्कार थापे । यी कृतिहरूमा महिला पात्र कि समाजको बत्तीमा पुतली भएर जलेका छन् कि विद्रोहको डढेलोमा सल्किएका छन्, कि त यौन कुण्ठाले गानिएका छन् । ती कुनै पनि पात्र मान्छे भएर हिंड्न सकेका छैनन् ।

महिला पात्रमार्फत सम्पूर्ण महिलामाथि पुरुषलिंगीय कलमले सधैंसधैं मजाक गरिरह्यो । कहिले आगोमा हालेर, कहिले सती बनाएर, कहिले देवी, बोक्सी र चुँडेल्नी बनाएर । कहिले कायर, अवला त कहिले त्यागी र आदर्शवान । अहिले भन्दैछन्, “अब विद्रोही बन !” हामी मान्छे कहिले हुने ?

महिला पात्रमार्फत सम्पूर्ण महिलामाथि पुरुषलिंगीय कलमले सधैंसधैं मजाक गरिरह्यो । कहिले आगोमा हालेर, कहिले सती बनाएर, कहिले देवी, बोक्सी र चुँडेल्नी बनाएर । कहिले कायर, अवला त कहिले त्यागी र आदर्शवान । अहिले भन्दैछन्, “अब विद्रोही बन !”


१९७७ सालमा सती प्रथा उन्मूलन भएपछि जिउँदै जल्नु नपरेका महिलाले अलिकति जीवनको सास त फेरे तर समाजका प्रथा र संस्कारहरू महिलाका हातगोडा, घाँटी र जिब्रोमा सर्प झ्ैं बेरिए । त्यसैको सेरोफेरोमा साहित्य लेखियो ।

यस्तो लेखनीलाई समाजले वैधानिकता दियो । कारण, लेखक र पाठक दुवैमा पुरुषकै आधिक्य थियो । भएका अलिअलि महिला पनि पुरुष सोचकै भए । २०४६ सालपछि राज्य महिलाप्रति केही उदार देखियो । २०५२ सालपछि माओवादीको सशस्त्र विद्रोहपछि महिला केही जुर्मुराएका जस्ता देखिए । तर, सामाजिक मनोविज्ञानमा भएको सुस्त परिवर्तनको शिकार महिला भई नै रहेका छन् ।

नयाँ संविधानले महिलालाई पहिलेको तुलनामा प्रशस्त अधिकार दिन खोजेको जस्तो देखिए पनि हाम्रो सोच र चेतनाले स्वीकार गरेर कार्यान्वयन गर्न सक्छ कि सक्तैन ? हाम्रा लेखनीमा मान्छे बन्न सक्छन् कि सक्दैनन् महिला ? अहम् प्रश्न यही हो ।

घरभित्रै विद्रोह
महिलालाई हेर्ने समाजका दुई दृष्टि भने आज पनि कायम छन् । एउटा मान्छे महिलाले पुरुषवादविरुद्ध उठ्नुपर्छ भन्छ । समाजका कुरीतिमाथि प्रहार गर्नुपर्छ भन्छ ।

अर्को मान्छे महिला भनेका सभ्यता, संस्कार जोगाउने द्योतक हुन् भन्छ । अर्थात् दुवैथरी समाज जोगाउन र भत्काउन महिलाकै मुख ताक्छन् । विडम्बना, समाजका कुसंस्कार र विकृत विरुद्धको अग्रमोर्चाको नेतृत्वसँगै गरौं भन्ने पुरुष स्वर कहीं कतै सुनिंदैन । आखिर, पुरुषले नै स्थापित गरेका कुरीतिलाई विद्वान् पुरुषले नै भत्काए के बिग्रन्छ ?

सन् १९४९ मा प्रकाशित सिमेन दे बुभरको द सेकेन्ड सेक्स होस् या सिल्भिया प्ल्याथले लेखेको लेडी लजारस वा ड्याडी कविता हुन् अथवा भर्जिनिया उल्फको अ रुम्स अफ वन्स् ओन् । पश्चिमा साहित्यका यी लेखिकाहरूले कतै आफूलाई खोजे, कतै विद्रोहको आगो ओकले त कतै समाज र घरमा आफ्नो स्थान खोजे । आज ५० वर्षपछि हामी यही कुराको पुनरावृत्ति पुरातन ढर्रामै खोजिरहेका छौं ।

लिंगीय चिन्तकहरूसँग मेरो प्रश्न छ, यी तीनै प्रकारका विद्रोहको ज्वालाभित्र आफूलाई जलाउँदै हामीले कतिञ्जेल लेख्ने ? हेनरिक इब्सन्को नाटक द डल्स हाउस मा घर छोडेर जाने नोरा झैं हामीले हाम्रा घरका पर्खालहरू कहिलेसम्म भत्काउने ? भत्किएको घरको भग्नावशेषमाथि उभिएर हामीले के के मात्र लेख्ने ?

महिलाले विद्रोह गर्ने समाजसँग हो । अधिकार खोज्ने समाजसँगै हो । समाजबाट भागेर होइन । घरभित्रका कुरीति घरभित्रै रहेर, घरलाई जोगाएर नै सपार्ने हो ।

यदि घर भत्काउँदा समाजको चेतना आउँछ, मानसिकतामा परिवर्तन आउँछ भने महिला मात्र किन, मिलेरै भत्काऔं । होइन भने रमिते बनेर विद्रोहको नाममा महिलालाई घर भत्काउन नभनौं । यसो भन्नु कायर पुरुष मानसिकताको उपज मात्र हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>