समाचारबिहीबार, आषाढ १६, २०७३

फोटो प्रतियोगिता तथा प्रदर्शनी घोषणा

हिमालखबर

nepal photo contest announcemnet 01
आइएमई र ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता तथा प्रदर्शनीको पाँचौं संस्करणको घोषणा भएको छ । विनासकारी भुकम्पका गतवर्ष स्थगित कार्यक्रम १६ असारदेखि शुरु भएको फोटो पत्रकार (पिजे) क्लबले जनाएको छ ।

विभिन्न सात विधामा प्रतिस्पर्धा गराइने प्रतियोगिताका लागि १६ असारबाट शुरु फोटो दर्ता प्रक्रिया असार मसान्तसम्म रहन्छ । घुमफिर कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम वाइल्ड लाइफ एन्ड नेचर, आइएमएस डेली लाइफ, अर्घाखाची सिमेन्ट न्यूज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, मोडल ग्लोबल भिसा कन्सलटेन्सी स्पोर्टस र फोटो स्टोरी गरी सात विधामा प्रतिस्पर्धा हुनेछन् ।

प्रतियोगितामा व्यावसायिक, शौखिन सबैखाले फोटोग्राफर तथा फोटो पत्रकारले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा विदेशी नागरिक तथा पिजे क्लबको कार्यसमिति सदस्यले भने सहभागिता जनाउन नपाउने नियम छ । क्लबको आधिकारिक वेभसाइट पिजेक्लब डटकम डटएनपीमा गएर दिइएको गाइडअनुसार फोटो दर्ता गर्न सकिने क्लबले जनाएको छ ।

विजेतालाई १५ भदौमा पुरस्कृत गरिनेछ भने त्यही दिनबाट बबरमहलको नेपाल आर्ट काउन्सिलमा सात विधाका १ सय ६० भन्दा बढि उत्कृष्ट फोटोहरुलाई प्रदर्शनीमा राखिनेछ । पिजे क्लबका अध्यक्ष विकास कार्कीले अनुसार विराटनगर, धनगढी, नेपालगञ्ज, भैरहवा, पोखरा र चितवनको सौराहामा तीन दिनका दरले प्रदर्शनी गरिनेछ ।

आइएमई र ग्वोबल आइएमई बैंकको मुख्य प्रायोजन तथा मोडल ग्लोबल भिसा कन्सल्टेन्सीको सहकार्यमा हुन लागेको प्रतियोगितामा अर्घाखाची सिमेन्ट न्युज फोटो विधामा २०७१ सालदेखि २०७२ चैत्र मसान्तसम्म खिचिएका तस्विरले मात्रै प्रतिस्पर्धा गर्न पाउनेछन् । अन्य विधामा भने जहिलेसुकै खिचिएका तस्विरहरू पठाउन सकिने आयोजकले जनाएको छ । प्रत्येक विधामा प्रतियोगीले बढिमा ३ वटा फोटो, फोटो स्टोरीमा बढीमा २ वटा स्टोरी र प्रत्येक स्टोरीमा ४ देखि १२ वटासम्म फोटो दर्ता गर्न पाउनेछन् ।

आइएमई ग्लोबल आइएमई बैंक फोटो अफ दी एयरको विजेताले १ लाख रुपैयाँ पाउनेछ भने अन्य सबै सात विधाका विजेताले जनही ३० हजार, उपविजेताले जनही २० हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

नेपाल टुरिजम बोर्डको प्रवद्र्धनमा हुने प्रतियोगितामा हालसम्म आइएमएस, नेपाल टेलिकम, शिखर इन्स्योरेन्स, अर्घाखाची सिमेन्ट र आरजे स्पोर्टसले विधागत प्रायोजकका रुपमा सघाउने पक्का भइसकेको छ । विपी कोइराला भारत–नेपाल प्रतिष्ठान, एडभेन्चर स्पोर्टस, अखिल नेपाल फुटबल संघ, एस म्यागजिन, रैका टुर्स, भाएनेट, राष्ट्रिय खेलकुद परिषदलगायतका संस्थाहरुले सहयोगीको भुमिका निर्वाह गर्ने भएका छन् भने नेपाल वायुशेवा निगम कार्यक्रमको आधिकारिक एयरलाइन्स हुनेछ ।

मुख्य प्रायोजक आइएमई समुहका अध्यक्ष चन्द्र ढकालले फोटो प्रतियोगिता र प्रदर्शनीलाई प्रायोजन निरन्तरता दिइने वचन दिए । आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले कार्यक्रमको प्रभावकारिताका कारण आफूहरुले सहयोग गरेको बताउँदै नेपाल चिनाउन यो प्रतियोगिता महत्वपूर्ण रहने विश्वास व्यक्त गरे ।

मोडल ग्लोबल भिजाज कन्सल्टेन्सीका अध्यक्ष मनोज पाण्डेले भने ‘देश चिनाउन र देशलाई एक बनाउन खेलकुदको महत्वपूर्ण भुमिका हुन्छ । फोटोग्राफीले नेपाली खेलुकद प्रवर्दनमा ठूलो भुमिका खेलेको छ ।’

नेपाल पर्यटन बोर्डका पिआर एन्ड पब्लिसिटी निर्देशक सुनिल शर्माले घुमफिरमा निस्कने पर्यटकहरुले बोक्ने क्यामेरामा कैद भएका तस्विर समेत सहभागि हुन पाउनु प्रतियोगिताको सुन्दर पक्ष भएको बताए । यसैगरी अर्घाखाँची सिमेन्टका वजार प्रमुख अभिनय जैसवालले प्रतियोगितामा जोडिन पाउँदा आफूहरु खुसी भएको उल्लेख गरे ।

प्रतियोगितामा गतवर्षको वल्र्डं प्रेस फोटोका निर्णायक मण्डल सदस्य भारतका वरिष्ठ फोटोपत्रकार प्रशान्त पन्जियारको नेतृत्वमा रहने निर्णायक मण्डलमा वरिष्ठ पत्रकार कुन्द दिक्षित, वरिष्ठ फोटोग्राफर मणी लामा, वरिष्ठ क्युरेटर संगिता थापा, केयु स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार, फोटो पत्रकारद्धय नरेन्द्र श्रेष्ठ र प्रकास माथेमा छन् । साथै विज्ञका रुपमा नेपाल पर्यटन बोर्डका सिइओ दिपकराज जोशी, वरिष्ठ फोटोग्राफर जगदिश तिवारी, नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट, आइएफजे दक्षिण एसियाका संयोजक उज्जवल आचार्य, वरिष्ठ फोटोपत्रकार देवेन्द्रमान सिंह र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य रहेका छन् ।

प्रतियोगिताको प्रचार सहकर्मीमा एनएनए मिडिया रहेको छ भने फोटो प्रिन्ट पार्टनरमा फोटो हलिउड रहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>