थप समाचारबिहीबार, आषाढ १६, २०७३

जाजरकोटको पिपलचौर पहिरोको जोखिममा

हिमालखबर

जाजरकोटको लह“–४, पिपलचौर पहिरोको जोखिममा परेको छ ।

p (1)१६ असारमा लगातार पानी परेसँगै स्थानीय गुर्सेखोलामा आएको बाढी पहिरोले गाँउलाई जोखिममा पारेको हो । गाउँ भन्दामाथि ३ किलोमीटर टाढा रहेको बाँउसेखोला र खन्टाकुराबाट आएको बाढी पहिरोले पिपलचौरका २६ घरपरिवार जोखिममा परेका छन् ।

लह“ गाविस भवन जोड्ने र नलसिंह गाड पहु“च सडक खन्दा जथाभावी फालेको माटोका कारण पहिरो खसेको स्थानीय मदन रावलले बताए ।

पहिरोले जनता प्राथमिक विद्यालयका २ वटा भवन, स्थानीय बलबहादुर रावल र सर्वजीत दमाईको घर बगाएको छ । बाढी पहिरोले ३० घरपरिवारको १ सय ५० रोपनी सिमेथान खेतमा लगाएको धान नष्ट गरेको रावलले बताए ।

पहिराे जानुअघि ।

पहिराे जानुअघि

पहिरोले लह“–३, भाच्चीउरास्थित हिमालचुली प्राथमिक विद्यालयको भवन पनि पुरेको छ ।

-बद्री पन्त, जाजरकोट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>