रमझमबिहीबार, आषाढ १६, २०७३

उत्कृष्ट अभिनेतामा दयाहाङको ह्याट्रिक

हिमालखबर

dayaनेपाल चलचित्र बोर्डले विभिन्न विधामा कलाकार एवम् चलचित्रलाई ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा चलचित्र दीर्घसाधना सम्मान–२०७२’ सम्मान गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, सूचना तथा सञ्चारमन्त्री शेरधन राई र बोर्डका अध्यक्ष राजकुमार राईले पुरस्कारसहित सम्मान गरेका हुन् ।

गत वर्ष प्रदर्शित चलचित्र ‘कबड्डी–कबड्डी’बाट दयाहाङ राईले उत्कृष्ट अभिनेताको पुरस्कार पाएका छन् । उनले उत्कृष्ट अभिनेताको पुरस्कार पाएको तेस्रो पटक हो ।

त्यस्तै, उत्कृष्ट अभिनेत्रीको पुरस्कार नम्रता श्रेष्ठले चलचित्र ‘क्लासिक’बाट पाएकी छन् । उत्कृष्ट चलचित्र पुरस्कार ‘पशुपतिप्रसाद’ ले पाएको छ भने यस चलचित्रका निर्देशक दीपेन्द्र के खनाल उत्कृष्ट निर्देशक भएका छन् ।

उत्कृष्ट नवनिर्देशक भुवन केसीले चलचित्र ‘ड्रिम्स’बाट र उत्कृष्ट लेखन ९कथा, पटकथा तथा संवाद०तर्फ ‘पशुपतिप्रसाद’बाट अभिनेता खगेन्द्र लामिछाने, छायाङ्कनमा ‘ड्रिम्स’बाट पुरुषोत्तम प्रधान र सञ्जय लामा तथा सम्पादनमा ‘ ‘क्लासिक’बाट सुरेन्द्र पौडेल पुरस्कृत भए ।

त्यस्तै ‘उत्कृष्ट आदिवासी–जनजाति चलचित्र’बाट गुरुङ भाषाको चलचित्र ‘युम्पो देउराली’ पुरस्कृत भयो । त्यस्तै, ‘चलचित्र दीर्घसाधना सम्मान’बाट वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाललाई रु. ३ लाख ५१ हजार १११ सहित सम्मान गरियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>