खेलकुदशुक्रबार, आषाढ १७, २०७३
पोर्चुगल युरोकप २०१६ को सेमीफाइनलमा
युरोकप २०१६ को गत राति भएको खेलमा पेनाल्टीसुट मार्फत् पोर्चुगलले सेमिफाइलन यात्रा तय गरेको छ। निर्धारित ९० मिनेटको समयमा दुवै टिमबाट १–१ गोल भएको थियो । त्यसपछि थपिएको ३० मिनेटको समयमा पनि दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पोर्चुगलको तर्फबाट पाँचै गोल सफल रह्यो भने पोल्याण्डका च्याकुव ब्लाज्कोवस्कीको प्रहार पोर्चुगलका गोलरक्षकले रोकेपछि नतिजा ५–३ ले पोर्चुगलको पक्षमा पुगेको थियो।
खेलको दुई मिनेटमै पोल्याण्डका स्टाइकर रोबर्ट लेवान्डास्कीले गरेको गोलको अग्रतालाई कायम राख्न सकेन। ३३ औं मिनेटमा पोर्चुगलका युवा खेलाडी रेनाटो सान्चेजले गोल गरी खेल बराबरीको अवस्थामा पु¥याएका हुन्। त्यसपछि दुवै टिमबाट कुनै गोल नहुँदा खेल पेनाल्टी सुटआउटमा पुगेको हो।
आज राति १२।४५ मा बेल्जिम र वेल्सबीच दोस्रो क्वाटरफाइनल खेल हुंदैछ। विजेताले सेमिफाइनल पोर्चुगलसँग खेल्नेछ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
