थप समाचारशुक्रबार, आषाढ १७, २०७३
विद्यालयको पर्खाल भत्कँदा दुई विद्यार्थीको निधन
ललितपुरको बाडेगाउँमा रहेको पुष्पाञ्जली स्कुलको पर्खाल भत्किँदा दुई विद्यार्थीको मृत्यु भएको छ ।
१७ असार बिहान स्कुल छेउको ढुंगासहितको पर्खाल भत्केर स्कुलको भित्ता पनि भत्किएको थियो । स्कुलको भित्ता भत्कँदा घाइते भएका कृपा राई, ९ र अञ्जना पुन मगर, १० को बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्कुलको भित्ता भत्केपछि कक्षा २ र ८ मा पढ्ने विद्यार्थी घाइते भएका थिए ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले जग्गा प्लानिङ गर्न बनाइएको भित्तो भत्किएर स्कुलको भित्तोमा लागेपछि २२ जना विद्यार्थी घाइते भएको जानकारी दिए ।
पर्खाल भत्किदा घाइते भएका सुयाेग्य ढकाल ।
घाइते विद्यार्थीको पाटन र बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>