समाचारशुक्रबार, आषाढ १७, २०७३
मुलुकभर वर्षा
यो वर्षको मनसुन सक्रिय भएपछि मुलुकभर भारी वर्षा सुरु भएको छ ।
बङ्गालको खाडीबाट प्रवेश गरेको मनसुन र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाका कारण मुलुकभर वर्षा सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसले गर्दा मुलुकभर अधिकांश स्थानमा हल्कादेखि सामान्य वर्षा भई पूर्वी तथा पश्चिमी क्षेत्रका केही स्थानमा भने भारी वर्षा हुने महाशाखाले जनाएको छ ।
सक्रिय मनसुनका कारण अझै केही दिनसम्म वर्षा जारी रहने महाशाखाका वरिष्ठ मौसमविद् सुजन सुवेदीले बताए । भारी वर्षासँगै कृषकहरु समयमै रोपाइँ हुने आशाले हर्षित देखिएका छन् रोपाइँ सुरु भएको छ ।
यद्यपि भारी वर्षाले १५ महिनादेखि पाल र अस्थायी टहरामा दिन गुजारीरहेका भूकम्मपीडित जनता भने थप पीडामा पर्नुका साथै पहिरो उच्च जोखिममा परेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>