समाचारशुक्रबार, आषाढ १७, २०७३
विनियोजन विधेयकमाथिको छलफल जारी
व्यवस्थापिका–संसद् बैठकमा ‘विनियोजन विधेयक–२०७३’ को विभिन्न शीर्षकमाथिको छलफल भइरहेको छ ।
आजको बैठकमा शान्ति तथा पुनःनिर्माण, गृह, वन तथा भू–संरक्षण, शिक्षा, श्रम तथा रोजगार, खानेपानी तथा सरसफाइ र अर्थ मन्त्रालयमाथि छलफल भयो ।
छलफलमा भाग लिँदै सत्ता पक्षका सांसदले बजेटले आर्थिक समृद्धिको ढोका खोलेको, विकास निर्माण प्रक्रियाले फड्को मार्ने भन्दै समर्थन गरेभने विपक्षी दलका सांसदले भने जनतालाई आश्वासन दिन मात्र खोजिएको, केही जिल्लामा मात्रै बजेट खन्याइएको भन्दै आलोचना गरे ।
व्यवस्थापिका–संसद्को अर्को बैठक १९ असार विहान ११ बजे बस्नेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>