Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
जोडिने भो धरान–हेटौंडा - Himalkhabar.com

थप समाचारशनिबार, आषाढ १८, २०७३

जोडिने भो धरान–हेटौंडा

हिमालखबर

चुरे–महाभारत पहाड छिचोल्दै धरानलाई हेटौंडासँग जोड्ने ३१८ किलोमीटर सडक आयोजनाले रु.३ अर्ब बजेट पाएपछि यस क्षेत्रमा उत्साह बढेको छ ।

– ऋषि राई, उदयपुर

सुनसरीको चतरा र उदयपुरको मैनामैनी जोड्ने सप्तकोशी पुल।

सुनसरीको चतरा र उदयपुरको मैनामैनी जोड्ने सप्तकोशी पुल।

पछिल्लो मधेश आन्दोलनभर कोशी पूर्वको नेपाललाई काठमाडौंसँग जोडेर चर्चामा आएको धरान–हेटौंडा सडक क्षेत्रमा अहिले उत्साह र सरगर्मी फर्र्किएको छ। कारण हो– १५ जेठको बजेट, जसले यो रणनीतिक सडकको लागि रु.३ अर्ब २ करोड विनियोजन गरिदियो, तीन वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्यका साथ।

यो सडकले सुनसरीको धरानलाई उदयपुरको गाईघाट–कटारी र सिन्धुलीको सिन्धुलीबजार हुँदै मकवानपुरको हेटौंडासँग जोड्छ ।

समथरै समथर भएर जाने पूर्व–पश्चिम राजमार्गलाई २०६३/६४ को मधेश आन्दोलनले लामो समय अवरुद्ध पारेर पूर्वी नेपाललाई राजधानीबाट विच्छेद गर्दा पहाडै पहाड भएर जाने यो सडक विकल्पको रूपमा देखापरेको थियो। २ भदौ २०६५ मा आएको सप्तकोशीको बाढीले पूर्व–पश्चिम राजमार्गलाई अवरुद्ध पार्दा पनि यो सडक भरपर्दो विकल्प बन्यो।

त्योसँगै सप्तकोशीमा सुनसरीको चतरा र उदयपुरको मैनामैनीलाई जोड्ने पुल निर्माणले गति लियो भने विभिन्न समयमा बनेका जिल्लास्तरीय सडक योजनाहरू जोड्दै यो वैकल्पिक सडक खाकाले पनि अग्रता लियो।

कोशी नदीको पुल २०७२ साउनबाटै सञ्चालनमा आइसकेको छ भने नयाँ बजेटले सडक निर्माणलाई गति दिनेछ। तीन वर्षमा सडक बनाइसक्ने गरी बजेट विनियोजन भएपछि यस क्षेत्रका स्थानीयहरू उत्साहित भएका छन्।

Dharan-नेकपा एमाले उदयपुर जिल्ला नेता हृदय थिङ्ग यो सडकखण्डमा पर्ने जग्गाको भाउ समेत आकाशिन थालेको बताउँछन्। यो सडकले बढाउने बजार हेरेर पूर्वका व्यापारी–व्यवसायीहरू पनि उत्साहित छन्।

उदयपुरबाट निर्वाचित नेपाली कांग्रेसका सांसद् नारायणबहादुर कार्की यो सडक निर्माणमा कुनै अवरोध नभएको र नहुने बताउँछन्। उनका अनुसार, घरछेउमा पक्की सडक आउने भएपछि यस क्षेत्रका जनताले जग्गाको मुआब्जा समेत नलिने भनेका छन्।

सिन्धुली जिल्लामा २२ किलोमीटर बाहेक यो सडकको ट्रयाक खुलिसकेको छ। सिन्धुलीका एमाले सांसद् गणेश पहाडी ट्रयाक खोल्ने काम यसै वर्ष हुने र आगामी वर्षको बजेटमा पनि यो सडकले उच्च महत्व पाउनेमा ढुक्क छन्। उनी भन्छन्, “कमलानदीको पुल निर्माणमा बजेट अभाव र ठेकेदारको ढिलासुस्ती थियो, अब त्यो पनि हुँदैन।”

भारतीय नाकाबन्दी समेत जोडिएर आएको पाँच महीने मधेश आन्दोलनताका पहाडै पहाड आवतजावत गराएपछि सबैको नजरमा थियो, यो सडक। उदयपुर र सिन्धुलीबीचको ककरुखोलामा पक्की पुल बनाउने काम पनि यसै वर्षबाट थालिएको छ।

सडक आयोजना प्रमुख जितेन्द्रराज शाक्य यो सडकमा पर्ने सबै पुलको टेन्डर आह्वान भइसकेको बताउँछन्। यसअघिका बजेटमा १० देखि १३ करोड रुपैयाँसम्म मात्रै विनियोजन हुँदा सात वर्षमा पनि धेरै काम हुन नसकेको शाक्यले बताए।

उदयपुरको कटारी र सिन्धुलीको दुधौली जोड्ने ककरु खोलाको पुल निर्माणस्थल।

उदयपुरको कटारी र सिन्धुलीको दुधौली जोड्ने ककरु खोलाको पुल निर्माणस्थल।

यो सडक बनेपछि मधेशका बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी र सिरहा जिल्ला नछोई हेटौंडाबाट सिन्धुली सदरमुकाम सिन्धुली बजार, उदयपुरको कटारी–गाईघाट–मैनामैनी हुँदै सुनसरीको चतरा–धरानहुँदै मोरङ्ग पुगिन्छ।

कुनै कारणले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध हुँदा चतराबाट कोशी पुल तरेका सवारी साधन सिन्धुलीको दुधौली हुँदै भिमानबाट राजधानी पुग्ने गरेका छन्। अहिले यो सडकखण्डको आठ स्थानमा पुल बनिरहेका छन्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>