समाचारशनिबार, आषाढ १८, २०७३

लिम्बुवान पार्टी फुट्यो

हिमालखबर

-लक्ष्मी गौतम, फिदिम

अध्यक्ष कुमार लिङदेन पक्षधरकाे महाधिवेशन ।

अध्यक्ष कुमार लिङदेन पक्षधरकाे महाधिवेशन ।

अरुण पूर्वका ९ जिल्ला स्वायत्त लिम्बुवान राज्य हुनुपर्ने मागसहित आन्दोलनरत संघीय लिम्बुवान पार्टी विभाजन भएको छ ।

विभिन्न समूहबीच दुई वर्षअघि एकता गरेको लिम्बुवानका अध्यक्ष कुमार लिङ्देनले झापाको दमकमा दोस्रो महाधिवेशन उद्घाटन गरेसँगै लिम्बुवान औपचारिक रुपमा विभाजन भएको हो ।

यो उद्घाटन समारोहमा अनुपस्थित रहेका लिम्बुवानका बरिष्ठ नेता सञ्जुहाङ पालुङ्वाले आगामी ४–६, असोजमा महाधिवेशन घोषणा गरेका छन् । १९ साउन २०७१ मा कुमार लिङ्देन नेतृत्वको मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्, सञ्जुहाङ पालङ्वा नेतृत्वको लिम्बुवान राज्य परिषद्, बीर नेम्वाङ नेतृत्वको लिम्बुवान मुक्ति मोर्चा र राजभक्त कुरुम्वाङ÷ कमल छाराहाङ नेतृत्वको संघीय गणतान्त्रिक पार्टीबीच एकता भएर संघीय लिम्बुवान पार्टी बनेको थियो ।

तर झापा, मोरङ र सुनसरीलाई लिम्बुवानमा राख्ने कि कोचिलामा भन्ने विवाद बढ्दै गएपछि पार्टी विभाजन भएको हो । अध्यक्ष लिङ्देनले मधेशी मोर्चासँग सहकार्य गर्दै यी तीन जिल्ला कोचिलामा छोड्न तयार भएको भन्दै अन्य पक्षले पार्टी विभाजन गरेका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>