समाचारशनिबार, आषाढ १८, २०७३

चलचित्र विकासमा सरकार प्रतिवद्धः प्रधानमन्त्री ओली

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओली सरकार चलचित्र क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल चलचित्र कलाकार सङ्घ (फ्यान)ले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले चलचित्र क्षेत्र उपेक्षित हुँदैन भन्दै समाजका सबै क्षेत्रको विकासबाट मात्र राष्ट्रको विकास हुने बताए ।

उनले भने, “‘मुलुकलाई चलचित्र गन्तव्य बनाउन र चलचित्र उद्योगलाई विकासित गर्न हामी लाग्नेछौं। तपाईँहरु यस क्षेत्रको उत्थानमा लाग्नुस्, सरकार कलाकारको साथमा छ ।’’ प्रधानमन्त्रीले सङ्घको कार्यालय भवनका लागि आफूले प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>