समाचारशनिबार, आषाढ १८, २०७३

नयाँ सरकार बनाउन माओवादी केन्द्रले पहल गर्ने

हिमालखबर

नेकपा माओवादी केन्द्रको कार्यालय समिति बैठकले राष्ट्रिय सरकार बनाउन तीव्र पहल गर्ने निर्णय गरेको छ ।

२२ वैशाखमा एमालेसँग भएको सहमति कार्यान्वयनमा जोड दिदै नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ । बैठकपछि प्रवक्ता पम्फा भूसालले भनिन्, “राष्ट्रिय सरकार गठनका लागि तीव्र पहल गर्ने निर्णय भएको छ, यसको जिम्मा अध्यक्षलाई दिइएको छ ।”

माओवादीले मधेश र जनजातिको माग सम्बोधन गर्दै राष्ट्रिय सरकार बनाउनुपर्ने निष्कर्ष निकालेको छ । माओवादीले सकेसम्म एमालेसँग भएको सहमति कार्यान्वयनमा जोड दिने नभए राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ ।

बैठकले आगामी २१ असारमा पोलिट्ब्यूरो बैठक बलाउने निर्णय गरेको छ । प्रवक्ता भूसालले भनिन्, “महाधिवेशनको तयारी र संगठनात्मक संरचना निर्माणबारे निर्वाचन विधिबारे निर्णय लिन पोलिट्ब्यूरो बैठक बोलाइएको छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>