Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
यसरी पुग्यो वेल्स युरोकपको सेमिफाइनलमा - Himalkhabar.com

खेलकुदशनिबार, आषाढ १८, २०७३

यसरी पुग्यो वेल्स युरोकपको सेमिफाइनलमा

हिमालखबर

यसरी पुग्यो वेल्स युरोकपको सेमिफाइनलमायुरोकप २०१६ को पहिलो सेमिफाइनल २१ असारमा पोर्चुगल र वेल्सबीच हुँदैछ । वेल्सले १८ असार विहान भएको क्वाटर फाइनलमा वेल्जियमलाई ३–१ गोल अन्तरले पराजित गरेर पोर्चुगलसँगको भेट पक्का गरेको हो ।

नैन गोलानको गोल मद्दतले बेल्जियमले खेलको १३ औं मिनेटमा अग्रता लिएको थियो । तर कप्तान ए. विलियम्सले ३१ औं मिनेट गोल गरेर वेल्सलाई खेलमा फर्काए । कानुले ५५ औं र भोक्सले ८६ औं मिनेट गोल गर्दै वेल्सलाई ३–१ गोलको जित दिलायो ।

फिफा विश्व वरियतामा २६ औै स्थानमा रहेको वेल्सले प्रि–क्वाटर फाइनलमा उत्तरी आयरल्याण्डलाई १–० गोलले पराजित गरेको थियो ।

३१ लाख जनसंख्या रहेको वेल्स समूह बीको विजेता हँुदै प्रि–क्वाटर फाइनल पुगेको हो । समूह चरणमा स्लोभाकियालाई २–१ र रसियालाई ३–० गोल अन्तरले पराजित गरेको वेल्स बेलायतसँग
१–२ गोलले पराजित भएको थियो ।

२०१४ मा भएको युरो छनौट चरणको खेलमा भने वेल्स र बेल्जियमले गोल रहित बराबरी खेलेर अंक बाँडेका थिए । इजरायल, वोस्निया हर्जगोविना, अण्डोरा र साइप्रस सहित ६ टीम मध्ये बेल्जियम समूह विजेता र वेल्स उपविजेताको रुपमा युरोकप २०१६ का लागि छनौट भएको थियो ।

यसैबीच युरोकप २०१६ को तेस्रो क्वाटर फाइनल १८ असार राति इटली र जर्मनीबीच हुँदैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>