खेलकुदआइतबार, आषाढ १९, २०७३
जर्मनी सेमिफाइनलमा
पेनाल्टी सुटआउटमा इटलीलाई पराजित गर्दै जर्मनी युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ । १९ असार विहान भएको खेलमा जर्मनीले ५ का विरुद्ध ६ गोल गरेको हो ।
निर्धारित ९० मिनेटमा दुबै टीमले १ १ गोल गरेका थिए । थप गरेको ३० मिनेटमा कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
६५ र्औ मिनेटमा ओजिलको गोलले जर्मनीले अग्रता लिएको थियो । तर इटलीका लागि बोनुसीले ७८ औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल गरे ।
जसले पेनाल्टी सुटआउटमा गोल गरे
जर्मनीः १ क्रोस, २ डेक्सलर ३ हमेल्स ४ किममिच ५ बोटेंग र ६ हेक्टर
इटलीः १ इनसिग्ने २ ब्राज्ग्ली ३ जियचेरीनी ४ पारोलो र ५ स्किगलियो
जो पेनाल्टीमा चुके
जर्मनीः १ मुलर २ ओजिल र ३ बास्टिन
इटलीः १ सिमोन जाजा २ पेली ३ बोनुसी र ४ डार्मिन
सेमिफाइनलमा जर्मनीको भेट फ्रान्स र आईल्याण्ड मध्येको विजेतासँग हुनेछ ।
पोर्चुगल र वेल्सले यसअघि नै सेमिफाइनल भेट पक्का गरिसकेका छन् ।