थप समाचारआइतबार, आषाढ १९, २०७३

बुटवलका व्यापारी हत्याका अभियुक्त ६ वर्षपछि पक्राउ

हिमालखबर

जिल्ला प्रहरी कार्यालय नवलपरासीले ६ वर्षअघि भएको बुटवलका जग्गा व्यापारी काशीराम पाण्डेयको हत्याका मुख्य आरोपीलाई पक्राउ गरेको छ ।

नवलपरासीको रामग्राम नगरपालिका– १० का ३९ वर्षीय ऋषिराम चौधरी थारुलाई १८ असार साँझ नवलपरासीको सनही–५ बाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

भारतको पिपरहवा, मवुहवामा बस्दै आएको चौधरीलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरिएको एसपी राजेन्द्र चौधरीले बताए ।

पक्राउ परेका ऋषिराम चौधरी थारुलाई प्रहरीले जिल्ला अदालत परासीमा बुझाएको छ । प्रहरीले यसअघि नै जन्मकैदको माग गर्दै थारु बिरुद्ध कर्तब्य ज्यान मुद्दा दायर गरिसकेको छ ।

घटनाका अन्य अभियुक्तहरु बेचन चौधरी र सन्तोष चौधरी पनि पहिले नै पक्राउ परिसकेका छन् ।

व्यापारी पाण्डेयको १२ चैत २०६७ मा सरावल –६ मा बन्चरो प्रहार गरी हत्या भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...