समाचारआइतबार, आषाढ १९, २०७३

बग्दादमा कारबम विष्फोट, कम्तीमा ९५ जनाको मृत्यु

हिमालखबर

People inspect the site of a suicide car bomb in the Karrada shopping area, in Baghdadइराकको राजधानी बग्दादमा शनिबार राति भएको बम विष्फोटमा कम्तीमा पनि ९५ जनाको मृत्यु भएको छ भने २०० बढी घाइते भएका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार रमादान पर्वका बेला बग्दादको कर्राडा क्षेत्रको व्यस्त बजारमा भएको विष्फोट भएको हो । घटनाको जिम्मा चरमपन्थी संगठन आइएसले लिएको छ ।

विष्फोटमा परी कैयौं पसल नष्ट भएका छन् भने कतिपय भवन तलदेखि माथिसम्मै क्षतिग्रस्त भएका छन्।

त्यस्तै बग्दादको उत्तरी भागमा भएको दोस्रो बम विष्फोटमा परी चार जनाको ज्यान गएको छ।

इराकी सुरक्षाफौजले आइएसको नियन्त्रणबाट फल्लुजाह नगर आफ्नो कब्जामा लिएको एक साता नवित्दै भएका यी घटना यस वर्ष इराकमा भएका विष्फोटमध्ये सबैभन्दा घातक रहेको रोयटर्सले जनाएको छ ।

पछिल्लो समय सरकारी फौज तथा अमेरिका समर्थित विद्रोहीहरुले गरेको हमलाका कारण इराक तथा छिमेकी सिरियामा अवस्थित आइएस समूह दबाबमा परेको छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>