थप समाचारआइतबार, आषाढ १९, २०७३

सेनाद्वारा पहिरोमा फसेकाको उद्धार

हिमालखबर

heliनेपाली सेनाले धादिङको री गाविस–९ को चेप्राङमा गएको पहिरोमा फसेका सात जनाको आज सकुशल उद्धार गरेको छ ।

काठमाडौँबाट गएको सेनाको हेलिकोप्टर एवम् विपद् सहयोग तथा उद्धार टोली र नेपाली सेनाको देवीदत्त गणबाट गएको टोलीले उनीहरुलाई सकुशल उद्धार गरेको हो ।

उद्धार गरिएकामध्ये चार जनालाई सदरमुकाम धादिङबेँसीमा ल्याई थप उपचारका लागि नेपाल रेडक्रस सोसाइटीमा र अन्य तीन जनालाई री गाउँको मेलेडाँडामा राखिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...