थप समाचारआइतबार, आषाढ १९, २०७३

बस र मोटरसाइकल ठोक्किंदा दुई युवाको मृत्यु

हिमालखबर

तस्वीर: ईश्वरचन्द्र झा

तस्वीर: ईश्वरचन्द्र झा

धनुषाको ढल्केवर गोदार सडकखण्ड अन्तगर्त गणेशमान चारनाथ नगरपालिकाको विरेन्द्रबजारमा बस र मोटरसाइकल एकआपसमा ठोक्किंदा दुई युवाको घटनास्थलमै मृत्यु भएको छ ।

बिराटनगरबाट आउँदै गरको ना ४ ख १७६९ नम्बरको बसले लु २५ प ३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार धनुषा रमदैया–२ का २२ वर्षीय श्रवण यादव र २० वर्षीय वीरेन्द्र राउतको मृत्यु भएको हो ।

दुबैजना जनकपुरबाट गोदार तर्फ जाँदै थिए ।

इलाका प्रहरी कार्यालयका अनुसार बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन् ।

श्रवणको चार महीनाअघि मात्रै विवाह भएको थियो ।

ईश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...