समाचारसोमबार, आषाढ २०, २०७३

इंग्ल्याण्ड जाने नेपाली क्रिकेट टोलीको घोषणा

हिमालखबर

अभ्यास खेलका लागि इंग्ल्याण्ड टुरमा जाने नेपाली क्रिकेट टोलीका खेलाडीहरुको छनौट भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का प्रतिनिधि बेन्केटापथी राजु, नेपाली टोलीका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित तीन सदस्यीय छनोट समितिले सोमबार १५ सदस्यीय खेलाडीको छनोट गरेको हो। नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि आईसीसी आफैंले टिम हेरिरहेको छ ।

बेलायतमा खेल्ने अभ्यास खेलका लागि टोलीको कप्तानमा पारस खड्का र उपकप्तानमा ज्ञानेन्द्र खड्का छन्। त्यसैगरी शक्ति गौचन, बसन्त रेग्मी, शरद भेष्वाकर, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी पनि टोलीमा समावेश छन् ।

अन्य खेलाडीहरुमा सुवास खकुरेल, करण केसी, अनिलकुमार मण्डल, सन्दिप लामिछाने, बिक्रम सोश, राजु रिजाल र राजेश पुलामी मगर पनि टोलीमा परेका छन्।

१९ जुलाईमा लण्डनमा इंग्ल्याण्डको म्यार्लेबोन क्रिकेट क्लबसँग खेल्नका लागि नेपाली टोली आगामी ११ जुलाईमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।

बेलायती क्लबहरुसँगको खेल विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्डसँगको खेलको तयारीका रुपमा हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...