Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
तीन दिनपछि बेनी–जोमसोम सडक खुल्यो - Himalkhabar.com

थप समाचारसोमबार, आषाढ २०, २०७३

तीन दिनपछि बेनी–जोमसोम सडक खुल्यो

हिमालखबर

beni_jomsomहिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक तीन दिनपछि खुलेको छ ।

म्याग्दीको तितर, काभ्रेको घोप्टेभिरमा खसेको पहिरो र मुस्ताङ घाँसाको खोल्सामा आएको बाढीले असार १७ गतेदेखि अवरुद्ध सडक मर्मतपछि आज बिहानदेखि सञ्चालन भएको हो ।

सडक डिभिजन कार्यालय, प्रहरी, यातायात व्यवसायी र स्थानीयवासीको पहलमा पहिरो हटाउने तथा मर्मत गरेपछि ७६ किलोमिटर दूरीको बेनी जोमसोम सडकमा सिधा सवारी सञ्चालन भएको दाना प्रहरी चौकीले जनाएको छ ।

सडक मर्मतका लागि सडक डिभिजन कार्यालय बागलुङको एक र निजी क्षेत्रको अर्को एक वटा डोजर परिचालन भएको थियो । सडक अवरुद्ध हुँदा रोकिएका सवारीसाधन र यात्रु गन्तव्यतर्फ लागेका दानाका होटल व्यवसायी इन्द्रसिङ शेरचनले जानकारी दिए ।

निरन्तरको झरीसँगै खसेको पहिरोका कारण मुस्ताङ भ्रमणमा आएका पर्यटक, मुक्तिनाथ जाने आउने तीर्थयात्री र स्थानीय बासिन्दा समस्यामा परेका थिए । सडक मर्मतपछि बेनीदेखि जोमसोमसम्म सिधा यात्रा गर्न सकिने दाना प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक सोमन छन्त्यालले बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>