Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
न्याय माग्दा हिरासत - Himalkhabar.com

समाचारसोमबार, आषाढ २०, २०७३

न्याय माग्दा हिरासत

हिमालखबर

gangai‘पञ्चायत’ को शरणमा पुगेको प्रहरीले पीडित कौशल्यादेवीलाई नै ‘दोषी’ बनायो ।

पोखरिया–५, मोरङकी कौशल्यादेवी गनगाई ८ असार मध्याह्न खेतमा मुङको दाल टिप्दै थिइन् । पछाडिबाट कसैले लुगा तान्न खोज्यो । कौशल्या एकाएक चिच्याएको आवाज सुन्नेवित्तिकै छिमेकी मञ्जु गहदार दौडिंदै आइपुगिन् । त्यसपछि मात्र धर्मचन्द मण्डल कुलेलम ठोके ।

मण्डलको हातपातविरुद्ध कौशल्याले त्यही दिन इलाका प्रहरी कार्यालय, रंगेलीमा उजुरी दिइन् । मण्डल पक्राउ परे । तर, ‘गाउँको कुरा गाउँमै मिलाउने’ भन्दै ठूलो हूल प्रहरी कार्यालयमा आएपछि भोलिपल्ट ९ असारमै मण्डल छुटे । ११ असारमा प्रहरी कार्यालयमै गाउँलेको ‘पञ्चायत’ बस्यो ।

पञ्चायतीले कौशल्याले हुँदै नभएको आरोप लगाएर मण्डललाई एक दिन थुनाएको भन्दै उनीलाई पनि एकदिन थुनाउनुपर्ने दबाब दियो । गाउँलेको दबाबसामु प्रहरी निरीक्षक अभिचन्द्र रिजाल निरीह बने । न्याय पाउन प्रहरी शरणमा पुगेकी कौशल्या आफैं थुनिइन् ।

“मेरा लागि बोलिदिने कोही भएन”, हिरासतमै रहेकी कौशल्याले भनिन् । १२ असारमा हिरासतमुक्त हुनुअघि उनलाई ‘आइन्दा मण्डलसँग हेराहेरसमेत नगर्ने’ लिखतमा ल्याप्चे लगाउन बाध्य पारिएको थियो । पञ्चायतको निर्णयअघि प्रहरी मूकदर्शक बनेको थियो । प्रनि रिजाल स्वयंले गाउँलेको दबाबमा परी कौशल्यालाई हिरासतमा राख्न बाध्य भएको स्वीकार गरे ।

मण्डलले वैशाख २०७२ मा कौशल्यालाई दुव्र्यवहार गरेका थिए । यो थाहा पाएर उनका श्रीमान् र देवरले मण्डललाई कुटपिट गरेका थिए ।

“त्यसबेला घाइते मण्डलको उपचार र क्षतिपूर्तिमा रु.५० हजार खर्च भएको थियो”, कौशल्याकी आमा जितनी गनगाईले भनिन् ।

कौशल्याका श्रीमान् र देवर गएको वैशाखमा मात्र रोजगारीका लागि विदेश गएका थिए । “त्यसैको बदला लिन उसले फेरि छोरीमाथि आक्रमण गरेको हो”, आमा जितनीको भनाइ छ ।

उनका अनुसार, गत वर्ष पनि मण्डलले गाउँकी अर्की महिलालाई दुव्र्यवहार गरेका थिए । पञ्चायतले मण्डललाई क्षतिपूर्ति पनि तिराएको थियो ।

“एउटा गल्ती लुकाउन अर्को गल्ती गरेर प्रहरीले विधिको शासनको उपहास गरेको छ”, मानवअधिकार संजालका पूर्वाञ्चल संयोजक सोमराज थापाले भने ।

पीडितलाई नै हिरासतमा राखिएको बारे विराटनगरस्थित राष्ट्रिय मानवअधिकार आयोगले १३ असारमा सात दिनभित्र लिखित जवाफ दिन प्रहरीलाई निर्देशन दिएको छ ।

जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी उपरीक्षक सन्दीप भण्डारीले भने महिलाको सुरक्षाकै लागि एकदिन हिरासतमा राखिएको दाबी गरे ।
कमल रिमाल, विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>