Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नक्कली प्रमाणपत्रका आरोपी डाक्टर धरौटीमा रिहा - Himalkhabar.com

समाचारसोमबार, आषाढ २०, २०७३

नक्कली प्रमाणपत्रका आरोपी डाक्टर धरौटीमा रिहा

हिमालखबर

parsa_adalat

पर्सा जिल्ला अदालत

नक्कली प्रमाणपत्र पेश गरी चिकित्साशास्त्र अध्ययन गरेको अभियोगमा वीरगञ्जबाट पक्राउ परेका डाक्टरहरु धरौटीमा रिहा भएका छन् ।

आज जिल्ला अदालत पर्साका न्यायाधीश मोहम्मद जुनेद अजादको इजलासले उनीहरुलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

पक्राउ परेकामध्ये रामकुमार प्रधान रु ७ लाख ६५ हजार, दिनेशकुमार साह तेली रु १८ लाख, कुशराज गिरी रु ४ लाख, इर्सादुल हक रु ३ लाख ७५ हजार, पन्नालाल प्रसाद पटेल रु १५ लाख, निमेश पालरमन रु २ लाख, सरोजकुमार सिंह रु १० लाख र मोहम्मद रुहुल्ला रु ३५ लाख धरौटी लिई रिहा गर्न अदालतले आदेश दिएको छ ।

आदेश अनुसार अन्य रिहा भइसकेका छन् भने धरौटी बुझाउन नसकी जेल चलाउन भएका पन्नालाल पटेल र मोहम्मद रुहुल्ला कारागार चलान भएका छन् । उनीहरु दुबैजनाको स्वास्थ्य अवस्था ठिक नभएको भन्दै अस्पताल लगिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले ९ जना डाक्टरलाई नक्कली प्रमाणपत्र पेश गरी चिकित्साशास्त्र अध्ययन गरेको आरोपमा गत ३ असारमा वीरगञ्जबाट पक्राउ गरी काठमाडौं लगेको थियो ।

थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप गराएको प्रहरीले त्यसपछि कार्वाहीका लागि सम्वन्धित जिल्ला (पर्सा) पठाएको थियो । वीरगञ्जबाट पक्राउ परेका ९ जनामध्ये एकजना बाराका भएकाले उनको बारा जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।

जियालाल साह, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>