समाचारमंगलबार, आषाढ २१, २०७३
पहिरोले घर पुरिदा प्यूठानमा आठ जनाको मृत्यु
पहिरोले घर पुरिदा प्यूठानमा गएराति आठ जनाको मृत्यु भएको छ ।
रजवार–३, का दुर्गा मल्लको घर बगाउँदा दुर्गासँगै उनकी पत्नी सिता (४०), छोरीहरु सुशीला (१०), लेखा (७) र सृजना (डेढ वर्ष) को मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका डीएसपी रन्जीतसिंह राठोरका अनुसार घरमाथिबाट आएको पहिरोमा पुरिदा उनीहरुको मृत्यु भएको हो ।
यस्तै, प्यूठानकै पुजा–३, मा घर भत्किदा तीन जनाको मृत्यु भएको छ । होमबहादुर सुनारको घर भत्किदा परिवारका तीन जनाको मृत्यु भएको हो ।
बरौला गाविसस्थित झिमरुक नदीमा आएको बाढीले थुनिएका ७ जनाको भने प्रहरी उद्दार गरेको छ ।
-गणेश आचार्य, दाङ
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
