समाचारमंगलबार, आषाढ २१, २०७३

माथेमाद्वारा केयू सिनेट सदस्यबाट राजीनामा

हिमालखबर

kedar bhakta mathemaकाठमाडौं विश्वविद्यालय (केयू) को प्रवेश परीक्षामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेपबारे व्यवस्थापनले मौनता साधेको भन्दै सिनेट सदस्य केदारभक्त माथेमाले पदबाट राजीनामा गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति समेत रहेका माथेमाले केयूको चिकित्साशास्त्र तर्फ स्नातकोत्तर तहको प्रवेश परीक्षामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेप र परीक्षा बोर्डका एक सदस्यको नैतिक आचरणबारे लागेको आरोपबारे विश्वविद्यालय व्यवस्थापनले कुनै प्रतिक्रिया नदिएको र त्यस्तो आरोपले विश्वविद्यालयको स्वायत्तता र परीक्षा प्रणालीको अखण्डतामाथि गम्भीर प्रश्न उठेको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

“आरोपहरुबारे विश्वविद्यालयले कुनै प्रतिक्रिया नदिनुले या त आरोप सही हो या विश्वविद्यालय सार्वजनिक विज्ञप्ति जारी गर्न डराइरहेको छ भन्ने स्पष्ट हुन्छ,” पत्रमा लेखिएको छ ।

राजीनामा पत्रमा थप लेखिएकोछ, “विश्वविद्यालयमाथि गम्भीर आरोपहरु लागिरहँदा पनि व्यवस्थापनको यस्तो मौनतालाई स्वीकार गरिरहनु कठिन भएकोले मैले काठमाडौं विश्वविद्यालयको सिनेट सदस्यबाट राजीनामा दिने कठोर निर्णय गरेको छु ।”

उनले विश्वविद्यालयमा विशिष्ट समूहसँग काम गर्दा आफूलाई खुशी लागे पनि अहिले राजीनामा गर्नु परेकोमा अफशोच समेत व्यक्त गरेका छन् ।

काठमाडौं विश्वविद्यालय अन्तर्गत चिकित्साशास्त्रतर्फ एमडी/एमएस तर्फको प्रवेश परीक्षामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हस्तक्षेप गरी आफैं प्रश्नपत्र तयार पारी परीक्षा सञ्चालन गरेको थियो । उक्त परीक्षामा बोर्डका एक सदस्यका छोरा सर्वोत्कृष्ट भएको समाचार सार्वजनिक भएका थिए ।

केयूमा अख्तियारको हस्तक्षेपबारे संसदीय छानविन गरः पूर्व उपकुलपतिहरु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>