समाचारमंगलबार, आषाढ २१, २०७३
नासाको ठूलो सफलताः जूनो पुग्यो बृहस्पति कक्षमा
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको जूनो नामक उपग्रह पाँच वर्षको यात्रा तय गर्दै बृहस्पति (जुपिटर) ग्रहको कक्षमा सफलतापूर्वक प्रवेश गरेको छ ।
बृहस्पतिको कक्षमा प्रवेश गरेको रेडियो सन्देश जूनोबाट प्राप्त भएपछि नासाको क्यालिफोर्नियास्थित ‘अभियान नियन्त्रण कक्ष’ मा वैज्ञानिकहरुले खुशियाली मनाएका छन् ।
पृथ्वीदेखि ८० करोड किलोमिटर टाढाबाट सन्देश प्राप्त भएपछि नियन्त्रण कक्षले घोषणा ग¥यो, “रोगर जूनो, जुपिटरमा तिम्लाई स्वागत छ ।”
उपग्रह जूनोले आगामी करिब डेढ वर्षसम्म बृहस्पति ग्रहको कक्षमा परिक्रमा गर्दै बृहस्पति ग्रह कसरी बनेको थियो भन्ने पत्ता लगाउने छ ।
आफ्नो काम समाप्त भएपछि जूनो बृहस्पतिको वातवरण मण्डलमा प्रवेश गरी आफूलाई नै समाप्त पार्ने छ ।
नासाले ‘जूनो मिशन’ लाई सन् २०११ मा त्यसतर्फ प्रक्षेपण गरेको थियो । यो अभियानको लागत करिब एक अरब डलर रहेको नासाले जनाएको छ ।
बीबीसीबाट साभार