समाचारमंगलबार, आषाढ २१, २०७३
मदन पुरस्कार गुठीद्वारा श्रेष्ठ सात पुस्तकको सूची सार्वजनिक
मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कारका लागि सातवटा श्रेष्ठ पुस्तकको सूची सार्वजनिक गरेको छ ।
२०७२ सालदेखि गुठीलाई प्राप्त भएका पुस्तकहरु मध्येबाट उत्कृष्ट सात पुस्तक छनौट गरी यिनै मध्येबाट सर्वोत्कृष्ट एकलाई मदन पुरस्कार प्रदान गरिने गुठीका सचिव कुन्द दीक्षितले जानकारी दिएका छन् ।
श्रेष्ठ सातको सूची यसप्रकार छः
१. आमोई (भुवनहरी सिग्देल)
२. ऐना (रामलाल जोशी)
३. चीरहरण (नीलम कार्की निहारिका)
४. निर्वाण (घनश्याम खड्का)
५. प्रश्नहरुको कारखाना (सरिता तिवारी)
६. फिरफिरे (बुद्धिसागर)
७. सिमानाका रङ्ग सिमानाको तरङ्ग (दामोदर पुडासैनी ‘किशोर’)
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
