Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
प्रधानमन्त्री ओलीद्वारा झमक घिमिरेका कृति विमोचन - Himalkhabar.com

समाचारमंगलबार, आषाढ २१, २०७३

प्रधानमन्त्री ओलीद्वारा झमक घिमिरेका कृति विमोचन

हिमालखबर

jhamak

तस्वीर: आनन्दराम डंगोल

प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार झमक घिमिरेका कृतिहरुको काठमाडौंमा विमोचन गरेका छन् ।

घिमिरेको कविता संग्रह ‘प्रेमिल आकाश’, ‘जीवन फूल कि काँडा’ को हिन्दी संस्करण र सोही कृतिको चलचित्र अडियो क्यासेट प्रधान्मन्त्री ओलीले विमोचन गरेका हुन् ।

झमक घिमिरे प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले साहित्यकार घिमिरेले स्वतन्त्र ढङ्गले सत्यलाई बाहिर ल्याउने काम गरेकोे र आफ्ना भोगाईहरु अभिव्यक्त गरेको बताए ।

“कृतिमा कसैलाई पछ्याएर लेखिएको छैन, भ्रममा परेर लेखिएको छैन, बहकिएको छैन, अनुभव गरेको र देखेको कुरा निष्ठापूर्वक लेखिएको छ,” प्रधानमन्त्री ओलीले भने, “उहाँका कृति मानवजाति, सत्य र निष्ठाप्रतिको समर्पण हुन्” ।

आजै घिमिरेको जन्मदिन पनि परेकाले प्रधानमन्त्रीले जन्मदिनको शुभकामना व्यक्त गर्दै घिमिरेको स्वास्थ्योपचारका लागि सरकारले आवश्यक आर्थिक सहयोग गर्ने बताए ।

सरकारले साहित्यकार घिमिरेलाई रु पाँच लाख उपचार खर्च दिने निर्णय समेत यसअघि गरिसकेको छ ।

सरकारले घिमिरेलाई घर निर्माणका लागि काठमाडौँमा जग्गा समेत उपलब्ध गराइसकेको छ ।

साहित्यकार घिमिरेको जीवनमा आधारित चलचित्र दार्जिलिङ निवासी विनोद विष्टले निर्देशन गर्दैछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>