Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अख्तियार प्रमुख कार्कीलाई महाभियोग लगाउन माग गर्दै ज्ञापनपत्र - Himalkhabar.com

समाचारमंगलबार, आषाढ २१, २०७३

अख्तियार प्रमुख कार्कीलाई महाभियोग लगाउन माग गर्दै ज्ञापनपत्र

हिमालखबर

youthसामाजिक सञ्जालमा सक्रिय युवाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाभियोग लगाउनका लागि नेकपा एमाले र पार्टी कार्यालय मार्फत प्रधानमन्त्री केपी ओलीलाई समेत ज्ञापनपत्र बुझाएका छन् ।

अख्तियार प्रमुख कार्कीका अलोकतान्त्रिक गतिविधिहरुको विरोध गर्दै विभिन्न अभियान सञ्चालन गरिरहेको युवा समूहले आज, २१ असारमा कार्कीविरुद्ध संसदमा महाभियोग लगाउन भन्दै एमाले पार्टी कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र एमाले पार्टी कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले बुझेका थिए भने त्यसअवसरमा पार्टी केन्द्रीय सचिव योगेश भट्टराईको पनि उपस्थिति थियो ।

ज्ञापन पत्र बुझ्दै श्रेष्ठले नेकपा एमाले सधै विधिको शासनको पक्षमा रहेको र कुनै पनि बहानामा हुने गैर लोकतान्त्रिक क्रियाकलापहरुको एमालेले विरोध गर्ने बताए ।

उक्त अवसरमा अभियन्ता डा. जितेन्द्र उपाध्यायले प्राज्ञिक क्षेत्रको मर्यादालाई नै ध्वस्त पार्ने गरी कार्कीले चालिरहेका कदमको आफूहरुले निरन्तर प्रतिरोध गरिरहने जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>