Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
भोटेकोसीको बाढीले १५ घर बगायो, पानीको सतह घट्दै - Himalkhabar.com

थप समाचारबुधबार, आषाढ २२, २०७३

भोटेकोसीको बाढीले १५ घर बगायो, पानीको सतह घट्दै

हिमालखबर

सिन्धुपाल्चोकको भोटेकोसी नदीमा गएराति आएको बाढीले तातोपानीका १५ घर बगाउनुका साथै बाह्रबिसे–तातोपानी सडकखण्डलाई क्षति पुर्‍याएको छ ।

राति १० बजे नदीमा बाढी आएपछि लिपिङस्थित भन्सार यार्डमा राखिएका दुईवटा टिपर बगााउँनुका साथै मध्य भोटेकोसी आयोजनाले बनाएको एउटा बेलीब्रिजसमेत बगाएको प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले बताए ।

नदीमा बाढी आएपछि नदीका दायाँबायाँका धेरै भागमा क्षति पुर्‍याउनुका साथै बाह्रबिसे–तातोपानी सडकखण्डको जम्बुमा ५० मिटर सडक कटान गरेको र विभिन्न ठाउँमा आएको पहिरोले यातायात ठप्प भएको छ । तातोपानी क्षेत्रमा पानी परिरहेको र चीन तर्फबाट बाढी आएकाले नदी बढेको हुन सक्ने प्रजिअ दुवाडीले बताए ।

पानीको सतह घटेपनि सामान्यभन्दा डेढ मिटरमाथिबाट नदी बहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>